काठमाडौं, चैत २७ । नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ –अनेमसंघ) को अध्यक्षमा टुका हमाल चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहनुभएकी हमाल सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुनुभएको हो ।
सम्मेलनबाट उपाध्यक्षमा शर्मिला कार्की, डा.बिमला राई पौडेल, रूक्मनी राना, मेनुका काफ्ले, मेनुका पोख्रेल, सुमित्रा बिसी निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा पेम्वा लामा चयन हुनुभएको छ ।
त्यसैगरी उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्षमा इन्दिरा फुँयाल निर्विरोध निर्वाचित हुनुभएको छ । सममेलनले सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवी पुन, बिना ज्ञवाली, मीना रखाल र आशा बिकलाई चयन गरेको छ ।
दश वर्षपछि भएको अनेमसंघको ७ औं राष्ट्रिय सम्मेलनबाट नेकपा एमालेका पदाधिकारी, स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्य पहिलो पटक नेतृत्वबाट बाहिरिएका छन । एमाले केन्द्रीय कमिटीमा रहनुभएका करिव १ सय महिला नेतृ अनेमसंघमा पनि रहँदै आउनु भएको थियो ।
पहिलो पटक केन्द्रीय कमिटी सदस्यलाई अनेमसंघको अध्यक्ष बनाएसँगै महाधिवेशनमा एकताबाट सहभागि ठूलो संख्यामा महिला नेतृहरु बाहिरिनु भएको हो । पार्टी केन्द्रीय कमिटीमा रहेका नेतृहरुमध्ये पदाधिकारीमा १७ जना बाहेक सवै यसपटकबाट बिदा हुनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्