चितवन, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्काे फण्डा गर्नुभएको छ ।
उपनिर्वाचनको मुखैमा मन्त्री बन्न २ करोड लिने गरेको तथ्य आफ्नै बिश्वासपात्र ढाकाकुमार श्रेष्ठको आवाजमार्फत तथ्य बाहिर आएपछि लामिछानेले फेरि अर्काे नाटक मञ्चन गर्नुभएको हो ।
लामिछानेले अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने आफ्नो पार्टीमा चलन नभएको भन्दै आफै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भन्दै फेरि मतदाता ढाँटनुभएको हो ।
रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने लामिछानेले बताउनु भएको छ ।
चितवनमा चुनावी अभियानका क्रममा बोल्दै लामिछानेले अदालत र निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुखमा पारेर यस्ता चिज आउनुको गहिरो अर्थ भएको आरोप लगाउनु भयो ।
‘कसैलाई बचाउनु छैन । मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु । मेरै वरपर भएका ती मान्छे को हुन् ? छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ । सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ,’ लामिछानेले भन्नुभएको छ, ‘म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्