काठमाडौं, चैत २८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने प्रतिवद्धता जनाउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो । उहाँले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताउनु भयो ।
साधरण सभामा बोल्दै उहाँले ऋणको पुनर्तालिकीकरण गर्न थालिएको संकेत पनि गर्नुभयो । अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता जनाउँदै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने पनि बताउनु भयो ।
उहाँले अर्थ क्षेत्रमा दबाब रहेकोले यसलाई ध्यानमा राखेको बताउनु भयो । ‘अर्थतन्त्रका सूचकहरू नकारात्मक मात्रै छैन, सञ्चिती राम्रो छ, ४ प्रतिशत माथिको आर्थिक वृद्धि यो परिस्थितिमा सन्तोषजनक हो,’ अर्थमन्त्री महतले भन्नुभयो ।
उहाँले लगानीको वातावरण सहज गराउने र ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन आवश्यक रहेको पनि बताउनु भयो । सरकारमा पनि निजी क्षेत्रमा पनि समस्या रहेकाले लगानीको वातवरण सहज बनाउन अल्पकालिन र मध्यमकालिन योजनाका साथ काम गरिने अर्थमन्त्री महतको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्