काठमडौं, चैत २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाँडै कांग्रेसले सरकारको नेतृत्व गर्ने खुलासा गर्नुभएको छ । काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै देउवाले यस्तो घोषणा गर्नुभएको हो ।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने छ । संबिधानको यो ब्यवस्था रहेको अवस्थामा देउवाले आज यस्तो घोषणा गर्नुभएको हो । संविधानअनुसार अहिले सरकार बनाउन कुनै दलको बहुमत नआएको र अव कांग्रेस नेतृत्वको सरकार बन्ने बताउनु भएको हो ।
‘आज हाम्रो पार्टी सरकारमा छ। अव सरकारको नेतृत्व गर्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो, तर अझै यो पार्टी एकदमै अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौं भने यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ,’ देउवाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्