काठमाडौं, चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले देशब्यापी रुपमा निर्माण हुँदै गरेका भवन, होटेल, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् कार्कीले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयाे ।
‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना ईआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षेति भएका छन्, भासिने चर्किने क्रम जारी छ, स्थानीयले पटक पटक उजुरी दिएतापनि अपार्टमेन्ट निर्माणको काम नरोकिएको गूनासो गरेका छन् अघिल्लाे बैठकमा पनि कुरा उठ्याे तर वैधानिक प्रक्रिया अगाडि बढेकाे छैन,’ सांसद् कार्कीले भन्नुभयो ।
सांसद् कार्कीले स्थानीयको स्वीकृतिबिना नक्सापास बिना भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानबिन गर्न माग गर्नुभयाे । ‘यसरी देशव्यापी रुपमा ठाउँठाउँमा बन्दै गरेका, निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गरियाेस्, सभामुखबाट निर्देशन दिइयाेस्, संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइयाेस्, दाेषीलाई कारबाही गरियाेस्, स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियाेस् र क्षति हुनसक्ने घरलाई संरक्षण गरियाेस्’- उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्