काठमाडौं, चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधरण सदस्य र सांसद दुवैबाट मुक्त गर्दै उहाँको ठाउँमा बिन्दबासिनी कंशाकारलाई सांसद सिफारिस गर्ने निर्णय गरेको छ ।
रास्वपाका सभापति रवि लामिछानेले अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिनुभयो । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको उहाँको भनाई छ ।
रास्वपा केन्द्रीय सदस्यले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।













प्रतिक्रिया दिनुहोस्