जनता टाइम्स

३० चैत्र २०७९, बिहीबार ०८:१७

नेताको घर तोडफोड भएपछि आदिवासी जनजाति महासंघ आक्रोशित


काठमाडौं, चैत ३० । एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले कोशी प्रदेश नामकरण तत्कालीन प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले गरेको भन्दै उच्छृंखल गतिविधि नगर्न चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष पासाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै नामकरणको विरोधमा गतिविधि गर्ने क्रममा एमालेका प्रदेशसभा सांसद तथा मुख्यमन्त्रीलाई गरिएको भौतिक आक्रमण, सार्वजनिक गाली बेइज्जती तथा अभद्र व्यवहार खेदजनक भएको र यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

यद्यपी प्रदेशको नामगकरण गर्दा किराँत सभ्यताको पहिचान जनित नामकरण गरियोस् भन्ने आन्दोलनरत समुदायको भावनाप्रति महासंघको सम्मान रहेको जनाएको छ । महासंघले आन्दोलनका नाममा हुने प्रदेशसभा सांसदहरुमाथि आक्रमण, गाली बेइज्जी तथा अभद्र व्यवहार जस्ता कार्यहरु तुरुन्त बन्द गर्न चेतावनीसमेत दिएको छ ।