जनता टाइम्स

१ बैशाख २०८०, शुक्रबार ०८:५७

राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ : ओली


काठमाडौं, बैशाख १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रकट हुने अवसरवादी चरित्रका कारण मुलुकलाई स्थीरतातर्फ लैजान गरिएको नेकपा एमालेको प्रयाश सफल हुन नसकेको बताउनु भएको छ ।

नयाँ बर्ष २०८० को अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले सिद्धान्तहीन सिण्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न,सुशासन, बिकाश र राष्ट्रिय हितको रक्षा गर्नु आजको अनिवार्य आवश्यकता भएकोसमेत बताउनु भएको छ ।

‘बितेको बर्षमा भएको आम निर्वाचनमा हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धन का नाममा चरम स्वार्थी समुह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ । राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथ गम्भीर प्रहार भइरहेको छ,’ शुभकामना सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ ।