जनता टाइम्स

१ बैशाख २०८०, शुक्रबार १६:४६

एक युवकको डुबेर मृत्यु


पाल्पा, १ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको छ ।

नयाँ वर्ष मनाउन पाल्पा आएका उहाँको भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट नयाँ वर्ष घुमघाम गर्न आएका उहाँको आज बिहान पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो ।

ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उहाँको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।