काठमाडौं, बैशाख २ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालदेखि सचिव रामकुमारी झाँक्रीसम्मका शीर्ष नेताहरु पार्टीको भविश्य नरहेको निश्कर्षमा पुग्नुभएको छ ।
अध्यक्ष माधवकुमार नेपालले एक/दुई थान मन्त्री लिएर आफ्नो जिविकोपार्जन गर्ने नीति लिनुभएपछि सम्मानित नेता खनालसहितका नेताहरु बिरक्तिनु भएको हो । नेकपा एमालेभन्दा ठूलो दल बन्ने भन्दै चुनावमा गएको सो पार्टीले राष्ट्रिय दलको मान्यतासमेत नपाएपछि जनताबाट अस्वीकृत भएको भन्दै बरिष्ठ नेताहरुले पार्टी नै छाडिसकेको अवस्थामा सम्मानित नेता खनालसमेत अध्यक्ष माधव नेपालको कार्यशैली र राष्ट्रियताबिरुद्ध संझौता गर्ने नीतिका कारण यो पार्टी अगाडि जानै नसक्ने निश्कर्षमा पुग्नुभएको हो ।
‘माधवमा सुध्रने कुनै लक्षण देखिएन, आफ्नो अहंकारलाई केन्द्रमा राखेर केवल केपी ओलीलाई गाली गर्नकै लागि मात्रै पार्टी खोलेको देखियो, मैलेसमेत बाहिरबाट निर्णय थाह पाउनु पर्ने अवस्था छ, यस्तो एक जनाको प्राइभेट कम्पनी कसरी चल्छ र ?’ आफू निकट नेताहरुसँग खनालको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार खनाल अध्यक्ष माधवको ब्यवहारबाट निकै आक्रोशित बन्नुभएको छ ।
माधवले मन्त्री छान्दासमेत राष्ट्रिय सभाबाट सांसद बनेका बेदुराम भुसाललाई रोजेपछि प्रत्यक्षमा चुनाव जितेर आएका सांसदहरु समेत असन्तुष्ट बनेका छन । सो पार्टीबाट सरकारमा भुसाल र अर्का नेता प्रकाश ज्वाला सहभागी हुनुभएको छ । दुवै मन्त्रीलाई नेपालले आफू र आफ्नो सचिवालयका सदस्यबाहेक अरुले भनेको कुनै पनि काम नगर्न उर्दी नै गरेको तथ्य खुलेपछि खनाल झनै आक्रोशित हुनुभएको छ ।
यसअघि पनि नेपालले यस्तै उर्दी गर्नुभएको थियो । जस्को कारण केन्द्रीय सदस्यसमेत रहनुभएका माधवका स्वकीय सचिव मोहन गौतमले श्रम तथा रोजगार मन्त्रालयमा बसेर करोडौंको सेटिङ मिलाएको र सोही पैसाले हाल पेप्सीकोलामा आलिसान महल बनाइरहेको असन्तुष्ट नेताहरुको भनाई छ । मन्त्रीबाट हटेपछि चुनावअघि श्रममन्त्री हुनुभएका शेरबहादुर कुँवरले नै सवै काम गौतमले भनेको गरेको, मन्त्रीबाट हटेपछि मात्रै आफूले पैसा लेनदेनका आधारमा आफूलाई काम गराएको तथ्यबारे जानकार भएको भन्दै सोही पार्टी निकट केही पत्रकारसामू गुनासो गर्नुभएको थियो ।
‘सवै काम मोहन गौतमले सेटिङ मिलाएर गराएको र राम्रै आम्दानी गरेको कुँवरले बताउनु भयो,’ कुवरसँगको छलफलमा सहभागी एक सदस्यले जनताटाइम्स डटकमसँग भने । नेकपा एकीकृत समाजवादीका एक नेताका अनुसार माधव नेपालको कार्यशैलीका कारण पछिल्लो केही समययता खनाल आन्तरिक परामर्शमा रहनुभएको छ । उहाँले जुनसुकै बेला जे निर्णय पनि गर्न सकिने भन्दै आफू निकटलाई माधवको बदमासीबारे जानकारी गराइसक्नु भएको स्रोतको भनाई छ ।
यता नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले समेत नेकपा एस चल्दै नचल्ने निश्कर्ष सुनाउनु भएको छ । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि आफूहरु खनानी नै भएको भन्दै झाँक्रीले सो पार्टी चल्दै चल्दैन भन्ने ठोकुवा गर्नुभएको हो ।
झाँक्रीको यो खुलासाले सो पार्टीमा रहनेहरुको भविश्य सकिएको निश्कर्ष निकाल्न सकिने केन्द्रीय कमिटीका अर्का सदस्यले बताए । ‘हिजो माधव नेपालसँगै एभिएर पार्टी बनाउन लाग्ने नेताहरु नै यो पार्टी जनताबाट अस्वीकृत भयो, अव चल्दैन भनेर कार्यकर्तालाई सुरक्षित भविश्य रोज भन्ने सन्देश दिनुभएको हो, माधव कमरेडको पछि लागेर आफूहरुको भविश्य बर्वाद भएजस्तै कार्यकर्ताको भविष्य पनि बर्वाद नहोस भन्नका लागि उहाँहरुले सत्य ओकल्नु भएको छ,’ झाक्री निकट एक नेताले भने ।

नेकपा एस नचल्ने निश्कर्षकै आधारमा बरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, स्थायी कमिटी सदस्य चुढडामणि जंगलीले पार्टी परित्याग गरिसक्नु भएको छ । उहाँहरुले नेकपा एसमा ठूलो समुह बिद्रोह गरेर एमालेतिरै आउने ठोकुवासमेत गर्नुभएको छ । पार्टी छाडेका नेताहरुले घोषणा गरेको एक साता नबित्दै माधव नेपाललाई हातले तानेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्न लैजाने सचिव झाँक्रीले नै नेकपा एकीकृत समाजवादी त चल्दै चल्दैन भन्ने निश्कर्ष सुनाउनु भएको छ ।
उता खनाल भित्रभित्रै आफू निकटलाई एक ठाउँमा उभ्याएर सुरक्षित भविश्यतर्फ अघि बढने गृहकार्यमा लाग्नुभएको उहाँ निकट स्रोतले बताएको छ । मंसिर ४ को चुनावको परिणामपछि सो प्रदेश र जिल्ला तहका अधिकांश प्रभावशाली नेताहरु एमाले फर्किसकेका छन ।













प्रतिक्रिया दिनुहोस्