जनता टाइम्स

७ बैशाख २०८०, बिहीबार ०७:४०

आज सूर्य ग्रहण : ‘नेपालबाट देखिंदैन, बार्न पनि पर्दैन’


काठमाडौं, ७ बैशाख । आज सूर्य ग्रहण स् ‘नेपालबाट देखिंदैन, बार्न पनि पर्दैन’

आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले भन्नुभयो , ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताउनुभयो । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ ।
समितिका अनुसार वैशाख ७ गतेको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।