काठमाडौं, बैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पदाधिकारीसहित सवै नेता–कार्यकर्तालाई आफ्नो आचरण र ब्यवहार सुधार्ने कसम खुवाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बिशेष समारोहमा एमाले अध्यक्ष ओलीले नेतादेखि कार्यकर्तासम्मलाई यो एक बर्षमा आचरण सुधार गर्ने कसम खुवाउनु भएको हो ।
अध्यक्ष ओलीले यो एक बर्ष कम्युनिष्ट आचरणमा रहने र जनतालाई सर्वाेपरी ठानेर जनताले मन पराउने काम मात्रै गर्ने कसम खुवाउनु भयो ।
‘२६ दिन मात्रै सासु र बुहारीले राम्रो ब्यवहार गर्दा सम्बन्ध सुध्रिएको कथा सुनाउँदै आध्यक्ष ओलीले भन्नुभयो, ‘२६ दिन राम्रो ब्यवहार गर्दा सासु–बुहारीको सम्बन्ध सुध्रिन्छ भने एक बर्ष हामीले राम्रो ब्यवहार गर्ने, नराम्रो काम छाडिदिने नराम्रा कुरा छेउमै आउन सक्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अव अन्तर्घाती प्रबृत्ति छोडिदिऊँ, छुस्के प्रबृत्ति, कुरा काटने प्रबृत्ति छोडिदिऊँ । आहा कति राम्रो मान्छे भनौं । भेदभाव, पक्षपात नगरौं, सवैलाई स्नेहपूर्ण ब्यवहार गरौं । सत्यको मार्गमा चलौं त एक बर्ष । अर्काे बर्षदेखि खराव प्रबृत्ति हाम्रो छेउमै आउँदैन ।’

कार्यक्रममा अध्यक्ष ओलीले खरावको संगतले जो सुकै बिग्रने भन्दै माहाभारत कथाका पात्रको नाम लिनुभयो । भीष्म पितामहसमेत दुर्याेधन, दुशासन र सकुनीको संगतले खराव काम गर्न बाध्य भएको बताउँदै माधव नेपाल र प्रचण्डलाई कडा प्रहार गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्