जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार १६:१३

एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं, बैशाख २२ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार वैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो ।

रिजालका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्दैछ ।