जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार १६:५४

जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल घुससहित काठमाडौंबाट पक्राउ


काठमाडौं, बैशाख २२ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विस्ट दुई लाख घुससहित पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल सई विस्टलाई नयाँ बानेश्वरको एक रेस्टुरेन्टबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन काठमाडौं आएको मौका छोपी अख्तियारको विशेष टोलीले विष्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

उनले एक लाख ५० हजार चेक र ५० हजार नगद लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।