जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १४:४७

झापामा नबस्ने भयो एमाले केन्द्रीय कमिटी बैठक, यस्तो छ कारण


काठमाडौं, बैशाख २४ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको स्थान फेरिएको छ ।

यही बैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने गरी तय भएको बैठको स्थान फेरिएको एमाले केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिनुभयो ।

नेतृ बरालका अनुसार झापामा बस्ने बैठकको स्थान परिवर्तन गरी सोही मितिमा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
बजेट अधिवेशनका कारण झापाबाट पार्टी मुख्यालयमा सारिएको हो ।