जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १९:२२

सरकार र पार्टी नेतृत्वप्रति गगन थापाको आक्रोश : अव त अति भयो


काठमाडौं, बैशाख २४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वको शैली अति भएको भन्दै सार्वजनिक रुपमै चुनौती दिनुभएको छ ।

महामन्त्री थापाले निर्णयमा चित्त नबुझ्दा, पद्धती नमिल्दा पनि आफूलाई कन्ट्रोल गरेको भन्दै अव अति भएको बताउनु भएको हो ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु,’ थापाले लेख्नुभएको छ, ‘एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’