जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १२:११

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई खाण गृहमन्त्री हुँदा छुटाइएको थियो : पूर्वएआइजी शर्मा


काठमाडौं, २५ वैशाख । नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गर्नुभएको छ।

पूर्वएआइजी शर्माले यो प्रकरणबारे सामाजिक सञ्जाल टिकटकमा पनि त्यतिबेला के भएको थियो भनेर एउटा भिडिओ बनाएर पोष्ट गर्नुभएको छ ।

भिडियो