जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १५:०७

संसदमा नांगिएका अमरेशविरुद्ध अख्तियारमा उजुरी, लाग्यो यति गम्भीर अभियोग (पूर्णपाठ)


काठमाडौं, वैशाख २५। संसदमा नांगिएर अश्लिल हर्कत देखाइरहेको बेला प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्नुभएको हो ।

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिनुभएको हो । २०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरको दावी छ ।