काठमाडौं, बैशाख २६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेण्डा तय भएको छ ।
आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको लागि १० वटा एजेण्डा तय गरेको उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
एमाले केन्द्रीय कमिटी बैठक बैशाख २८ गतेबाट सुरु हुँदैछ । बैठकपछि उपमहासचिव गुरुङले पत्रकारलाई दिनुभएको जानकारीअनुसार बैठकले पहिलो एजेण्डाका रुपमा २०७९ साल भदौंयता भएको राजनीतिक घटनाक्रमको बिषयमा समिक्षासहित अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ ।
दोस्रो एजेण्डामा केन्द्रीय कमिटी बैठकयता भएका सचिवालय बैठकको निर्णय अनुमोदन, तेस्रो आयोग प्रमुखहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ । यसैगरी चौथो एजेण्डा मिसन ग्रासरुटको समिक्षा रहेको छ । सो प्रतिवेदन सातवटै भौगोलिक र २ गैर भौगोलिक प्रदेशको समिक्षा प्रतिवेदन सो प्रदेशमा संयोजन गर्ने पार्टीका सचिवहरुले राख्ने गुरुङले जानकारी दिनुभयो । सचिव नभएको ठाउँमा प्रदेश कमिटीको इञ्चार्जले प्रतिवदन प्रस्तुत गर्ने छन । समिक्षात्मक रिपोर्टपछि छलफलमा जाने र सवै प्रदेशले कार्ययोजना पेश गरिने छ ।
प्रदेशको प्रतिवेदन प्रस्तुत भइरहँदा स्थायी कटिमी बैठक बसेर कार्ययोजना बनाउने रहेको छ । यसैगरी बर्षको एक पटक केन्द्रीय सदस्यहरु आफ्नो जिम्मेवारीभन्दा फरक क्षेत्रमा खटिने गरी कार्ययोजना बनाउने रहेको छ । यसैगरी अर्काे एजेण्डाको रुपमा पार्टी प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी र पार्टी सदस्यता ब्यवस्थापन रहेको छ । त्यसपछि समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र छोटो मन्तब्यसहित अध्यक्षले समापन गर्ने एजेण्डा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्