जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १४:१४

यौन दुर्व्यवहारको आरोपमा कृषिबिज्ञ मदन राई पक्राउ


खोटाङ, २९ वैशाख । बालयौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् ।

यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई आज प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बताउनुभयो । एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगरपालिका–२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन् ।