जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १८:४५

एमाले बैठकमा प्रवेश गर्यो संघीयता खारेजीको प्रस्ताव, मैदानमा उत्रिए युवा नेता


काठमाडौं, बैशाख २९ । नेकपा एमालेभित्र संघीयता खारेजीको पक्षमा जोडदार आवाज उठेको छ । पोलिटब्यूरो सदस्यत्रय महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पालसहित युवा नेताहरुले संघीयताको बिपक्षमा आवाज उठाउनु भएको हो ।

जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरोका तीन नेतासहित केन्द्रीय सदस्य ऐन महर पनि संघीयताको बिपक्षमा उभिनु भएको छ । एमालेको कुनै पनि तहको बैठकमा यसअघि संघीयताको बिपक्षमा औपचारिक रुपमा प्रस्ताव आएको थिएन ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका हुन । समूहगत छलफलका क्रममा पोलिटब्यूरा सदस्यत्रय महेश बस्नेत, गोकुल बास्कोटा, निरु पाल र ऐन महरले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिनुभयो ।

युवा नेताहरुले स्थानीय तहलाई बलियो बनाएर प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने पक्षमा पार्टी उभिनुपर्नै बताउनु भएको हो ।