जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १८:४९

कञ्चनपुरमा लागूऔषध र नगदसहित दुई जना पक्राउ


कञ्चनपुर, २९ वैशाख । प्रहरीले कञ्चनपुरबाट लागूऔषध र नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपलिका–१८ सालघारीबाट लागूऔषध र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

करिब दुई ग्राम ९१ मिलिग्राम लागूऔषध, नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र तीन थान मोबाइलसहित दुई जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागूऔषध, मोबाइल र नगदसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।