जनता टाइम्स

३० बैशाख २०८०, शनिबार १०:३३

ठूला भ्रष्टाचार काण्ड दबाएर एमालेलाई बदनाम गराउन चलाइएका हल्लाहरु


माओबादी लडाकु ब्यबस्थापन गर्ने दौरानमा क्यान्टोनमेन्टमा रहेका लडाकुको संख्या घटबड गरेर ४ अर्व भन्दा बढी रकम घोटाला भएको छ । प्रचण्ड, बाबुराम र जनार्दन शर्मासमेत संलग्न भएको काण्ड केस मेरै पहलमा अख्तियारमा मुद्धा छ । तुरुन्त छानबिन हुनुपर्छ ।

महेश बस्नेत

१. ओम्नी काण्ड – कोभिडको दौरान स्वास्थ्य सेवा बिभागले आव्हान गरेको टेण्डर स्वीकार गरेर ओम्नी कम्पनीको चीनबाट चलन चल्तिको भन्दा महंगो मूल्यमा सामाग्री खरिद गर्ने प्रक्रिया रद्ध गरी धरौटी जफत गरिएको हो । कुनै आर्थिक लेनदेन भएको बिषय होइन ।

२. यति काण्ड – बर्षौदेखि गोकर्णको जंगल क्षेत्र लिजमा लिएर यति कम्पनिले रिसोर्ट चलाएर बसेकोमा पर्यटन मन्त्रालयले उक्त सम्झौंता नविकरण गर्दा सस्तो मूल्यमा गर्यो भन्ने आरोप हो । सरकारले पब्लिक प्राइभेट पाटनरसीप प्रोग्राम ल्याएपछि निजी क्षेत्रलाई बिभिन्न सेवा र अनुदान राज्यले दिने चलन छ । जस्तो कतिपय ब्यबसायीलाई खबत फ्री, ब्याज छुट, सफ्ट लोन, जुट उद्योगलाई ७५% बिधुत महशुलमा छुट, जडिबुटी उद्योगमा पहुँच मार्ग सिमेन्ट उद्योगमा पहुँच मार्ग जस्ता क्षेत्रमा सरकारले सहयोग गरेकै छ ।

३. ७० करोड काण्ड – सेक्युरिटी प्रेस स्थापना गरेर नोट, बैंक चेकलगायत सम्वेदनशील बस्तुहरु छाप्ने प्रक्रिया एमाले सरकारले सुरु गर्यो । सोही दौरानमा, तत्कालिन मन्त्री गोकुल बाँस्कोटाको भनेर एउटा अडियो बाहिर आयो । स्वंम गोकुलजीले मन्त्री पदबाट राजिनामा दिएर त्यसको छानबिन गर्न अनुरोध गर्नु भएको छ । हाम्रो बिरोधी गठबन्धन निमाण भएको अढाइ बर्ष भएको छ । यथार्त त्यस्तो हो भने अनियमितता थियो भने सरकारवाला पक्कै चुप किन छन ?

दबाउन खोजिएका काण्डहरु :
१) बालुवाटार (ललिता निवास काण्ड)– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई पूर्वभौतिक योजना मन्त्री बिजयकुमार गच्छदार, सचिब दिप बस्नेत लगायतको मिलोमतोमा ३ सय रोपनी भन्दा बढी जमिन हिनामिना गरिएको काण्ड हो ।

(जहाँसम्म बिष्णु पौडेलको छोराको कुरा छ उनले अन्जानबस ६ आना जग्गा खरिद गरेका हुन । अहिले उक्त जग्गा सरकारलाई नै फिर्ता गरिने प्रकृया अगाडि बढेको छ । सोही क्षेत्रमा गैर आवासीय नेपाली संघलगायतले पनि प्रशस्त जग्गा खरिद गरेका छन) यो बिषयमा टुइस्ट गर्न यो प्रोपोगाण्डा ल्याइएको छ ।

२. नक्कली लडाकु प्रकरण – माओबादी लडाकु ब्यबस्थापन गर्ने दौरानमा क्यान्टोनमेन्टमा रहेका लडाकुको संख्या घटबड गरेर ४ अर्व भन्दा बढी रकम घोटाला भएको छ । प्रचण्ड, बाबुराम र जनार्दन शर्मासमेत संलग्न भएको काण्ड केस मेरै पहलमा अख्तियारमा मुद्धा छ । तुरुन्त छानबिन हुनुपर्छ ।

३. सिसि टिभि फुटेज काण्ड – तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले निश्चित माफियासंग मिलेर बजेटमा सेटिङ्ग गरेर दर रेट हेरफेर गर्न अबैध ब्यक्ति घुसपैठ गरेको र अमेरिका बाट श्रोत नखुलेको अरबौ गैरकानूनी पैसा ल्याउने, भ्याटिकन सिटीबाट श्रोत नखुलेको ४ अर्ब रुपैयाँ उनकै संरक्षणमा अजय सुमार्गीले ल्याउने लगायत गम्भिर अपराध गरेका छन । यो बिषयमा छानबिन गर्नु पर्छ ।

४. नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्स्चेन्ज कमजोर गरेर नयाँ स्टक एक्स्चेन्ज लाइसेन्स बितरण गर्ने क्रममा सरकारका मूख्य घटक काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र प्रचण्ड पुत्री गंगा दहालले २० अर्बको आर्थिक अपराध गर्न लागेको भनि युवराज सफलले अख्तियारमा मुद्धा हालेका छन । तुरुन्त छानबिन होस ।

५. रबि लामिछानेको भ्रष्टाचार :

पुस ११ मा गृहमन्त्रीको कार्यभार समालेपछि रबि लामिछानेले कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्रमा संकलित ब्यक्तिगत र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए । लामिछानेले जारी गरेको कार्यविधिको आधारमा एड्भान्टेज इन्टरनेशल प्रा.लि.ले एक्लै प्रतिस्पर्धा गरेर इजाजत पाएको थियो । द्रुत गतिमा कार्यविधि स्वीकृत गरेर बोलपत्र आह्वान, योग्यता मूल्यांकन छनौट गरेर माघ १२ मा सो कम्पनीले इजाजत पाएको थियो सेवा प्रदायक अड्डा र परिचयपत्र विभागको डेटा सेन्टरको बीचमा निजी कम्पनी हुने कार्यविधि लामिछाने आफैँले जारी गरेका हुन । पुस २७ मा बोलपत्र आह्वान गरेर २ साताको मात्र म्याद राखिएको थियो तर सार्वजनिक खरिद ऐनको दफा–१४ अनुसार ‘राष्ट्रिय स्तरको बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा ३० दिन र अन्तर्राष्ट्रिय स्तरको हकमा कम्तीमा ४५ दिनको अवधि दिनुपर्ने’ कानूनी व्यवस्था छ । यो पनि छानबिन होस ।)

६. रबि मन्त्री हुने दौरान ढाकाराम श्रेष्ठ को साडे २ करोड काण्ड, खानि र क्रसर उध्योगमा कमिसन खाएर रोक्ने र खोल्ने अनि प्रहरी र सिडिओ सरुवा प्रकरणमा भएका लाखौ÷करोडांै घोटाला छानबिन गर्न पर्दछ ।