जनता टाइम्स

३० बैशाख २०८०, शनिबार १२:०३

२२ डिएसपी एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा गौतम केसी (सूचीसहित)


काठमाडौं, बैशाख ३० । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो । बढुवा सिफारिशमा पहिलो नम्बरमा गौतम केसी पर्नुभएको छ ।