जनता टाइम्स

३१ बैशाख २०८०, आईतवार ०८:५२

एमाले महासचिव पोखरेलको आह्वान : नयाँ संकल्पसहित नयाँ यात्राको थालनी गरौं


काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको भन्दै संकल्पसहित नयाँ यात्राको थालनी गर्न अपिल गर्नुभएको छ । महासचिव पोखरेलले जबजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको एमालेको बाटो भएको बताउनु भएको छ ।

‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिँदैछ। भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिलै पुराना हुँदैनन्।’आज बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले भन्नुभएको छ, ‘नेकपा एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी हो। समाजवाद नेकपा एमालेको लक्ष्य हो। जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा९एमाले०को बाटो हो।’

मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने पोखरेलको भनाई छ । उहाले यो निरन्तर गतिशिल प्रवाहमा अघि बढ्ने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।

महासचिव पोखरेलले माओवादी केन्द्रसँगको पार्टी एकतासँगै संगठनात्मक अराजकताले एकिकृत शक्ति घट्न पुगेपनि मिसन ग्रासरुटले गतिहिनता तोडेको प्रष्ट पार्नुभएको छ ।

‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकता बढेर गयो। परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो। संगठनात्मक अराजकताले यसको एकीकृत शक्ति घट्न पनि पुगेको थियो। मिसन ग्रासरुटले गतिहिनता तोडेको छ। नयाँ गतिको आधार सिर्जना गरेको छ। एकीकृत शक्ति निर्माणको जग तयार गरेको छ,’ महासचिव पोखरेलको भनाई छ ।

उहाँले जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना केन्द्रीय कमिटी बैठकले तयार गरेको जानकारी दिनुभएको छ । ‘नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल हुने होइन। यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्दछ,’ महासचिव पोखरेलले भन्नुभएको छ, ‘नेकपा एमालेको पाँचौ केन्द्रीय कमिटीको पूर्ण बैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ।’

विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्ने बताउँदै उहाँले मुलुकलाई परिवर्तनको दिशामा डोर्याउने बताउनु भएको छ । महासचिव पोखरेलले भन्नुभएको छ, ‘आउनुहोस् मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्त गर्न नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा सुदृढ गर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौं।’

पोखरेलको भनाई जस्ताको तस्तै

अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुदैनन् । नेकपा(एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा(एमाले)को लक्ष हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा(एमाले)को वाटो हो ।

मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशिल प्रवाहमा अघि वढ्ने गर्दछ ।

माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता वढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो । मिसन ग्रासरुटले गतिहिनता तोडेको । नयाँ गतिको आधार सिर्जना गरेको छ । एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ । नयाँ स्वतः विकल्प हुने, राम्रो र सफलहुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ ।

नेकपा(एमाले)को पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ । विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ ।

आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।