जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १२:५८

प्रहरी हिरासतमा रहेका कांग्रेस नेता आङटावा बाथरुम जाँदा चिप्लिएपछि


काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार आफैँ प्रहरीमा उपस्थित भएका पूर्व सभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्याएर उपचार गरिएको छ ।

सोमवार राती बाथरुम जाँदा चिप्लिएपछि टाउकोमा चोट लागेकोले शेर्पालाइृ अस्पताल लगेर उपचार गरी पुनः हिरासतमा ल्याइउको हो । काठमाडौं प्रहरीका अनुसार शेर्पा डिस्चार्ज भइसक्नु भएको छ।

काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले टाउकोमा चोट लागेकाले शेर्पालाई तत्कालै वीर अस्पताल पुर्याइएको बताउनु भयो । प्रहरीले आङटावा बाथरुममा लडेका कारण घाइते भएको दाबी गरेको छ।

‘बाथरुम जाँदा चिप्लिनु भएछ’, रिजालले भन्नुभयो । शेर्पा प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।