काठमाडौं, जेठ ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागी एमालेले गठबन्धन नगर्ने ठोकुवा गर्नुभएको छ । नेकपा एमालेले आज आयोजना गरेको मदन आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता स्वार्थका निम्ति नभई देशका लागि मात्रै गठबन्धन गर्ने बताउनु भयो ।
‘हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन। तर, सत्ताका निम्ति, सत्ता स्वार्थका निम्ति, सरकार गठनका लागि, मिल्ने कुरा हामीबाट हुँदैन। त्यहि सिमाभित्र मिल्ने कुरा हुँदै कसैसँग हाम्रो एकता हुन्छ भने देशका लागि, जननताका लागि, परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौं कसैसँग। तर सत्ता गठबन्धनजस्तो कुरा हामीबाट हुँदैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले अहिलेको गठबन्धन भने सत्ताको लागि मात्रै भएको बताउनु भयो । ‘अहिलेको गठनबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सत्ता प्राप्त गर्नका लागि गरिएको गठबन्धन हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको उहाँको भनाई छ। ओलीले विकास निर्माण हुन नसक्नु, देश भद्रगोल हुनुमा राजनीतिक अस्थिरता र अराजकताबाट गुज्रिरहेको बताउनु भयो । मुलुकमा भयावह अवस्था हुँदा पनि सरकार जान्छ कि टिक्छ भन्ने कुरामा प्रधानमन्त्री केन्द्रित हुन दुःःखद रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्