जनता टाइम्स

११ भाद्र २०७६, बुधबार १७:१५

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, यस्तो छ पछिल्लो अवस्था


काठमाडौं, भदौं ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार आगामी साता पूरा हुने भएको छ । सिंगापुरमा स्वास्थ्य उपचार गराई रहनुभएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको र अर्काे साता पूरा हुने उहाँका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभएको हो ।

रिमालका अनुसार ‪प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ, ‪उहाँको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ, ‪उहाँको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ,’ रिमालले भन्नुभएको छ ।

यस्तो छ रिमालको ट्वीट
सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ । ‬‪उहाँको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ । ‬‪उहाँको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ । ‬‪सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ ।

१२ बर्ष अघि मृर्गौला प्रत्यारोपन गर्नुभएका प्रधानमन्त्री ओली नियमित परीक्षण र उपचारका लागि गत बिहीवार सिंगापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसँगै उहाँसँगै जानुभएका निजि चिकित्सक डा. दिब्या शाह आज स्वदेश फर्कनुभएको छ । ‬