जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार ०९:५१

उक्साउने वा दबाब दिनेको हकमा मात्रै आत्महत्या दुरुत्साहन कानुन लागू हुन्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


काठमाडौं, भदौं १२ । आत्महत्या दुरुत्साहन अभियोगमा धमाधम निर्दोष ब्यक्ति जेल जान थालेपछि बहश चुलिएको छ । यही बहशबीच पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफ्नो निश्कर्ष सुनाउनु भएको छ । उहाँका अनुसार उक्साउने वा दबाब दिनेको हकमा मात्रै आत्महत्या दुरुत्साहन कानुन लागू हुन्छ ।

‘पहिला आत्महत्यासँग सम्बन्धित कानुन थिएन । यो कानुन समयको मागअनुसार बनेको हो । कानुन कुनै जाति वा वर्गविशेषका आधारमा बनाइएको हुँदैन,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘त्यसैले, सर्वसामान्य व्यक्तिका लागि पनि लागू हुने गरी बनाइन्छ । आफैँ आत्महत्या गर्नेको हकमा दुरुत्साहनसम्बन्धी कानुन लागू हुँदैन । तर, उक्साहट, दबाबमा परेर आत्महत्या गरेको हो भने उक्साहट वा दबाब दिई दुरुत्साहन गर्नेका हकमा मात्र यो कानुन आकर्षित हुन्छ ।’