जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार १८:२५

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ


धनगढी, ८ जेठ । धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।

बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय शिवराज उपाध्यायलाइ सोमबार साँझ ७३६ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।