जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार २१:२१

त्यस्तो कुरा एमालेलाई किमार्थ सह्य हुँदैन : केपी ओली


काठमाडौं, जेठ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले भ्रष्टाचारीको कुनै पनि पार्टी र जात नहुने भन्दै सवै प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनु भएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले आज आयोजना गरेको जनसंगठनका पदाधिकारीको भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘नक्कली शरणार्थी बनाउने, नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउनेहरुमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्छ । नेकपा एमाले त्यसमा संलग्न थिएन, छैन र हुने छैन् । नेकपा एमाले कुनै भ्रष्टाचारमा संलग्न थिएन । हुने छैन,’ अध्यक्ष ओलीले भन्नुभयो, यदि कसैले एमालेभित्र रहेर पनि एमालेका आदर्श, यसका मुल्य मान्य विपरीत, उद्देश्यलाई आघात पुग्ने गरी अनुचित अनैतिक क्रियाकलाप कसैले गर्छ भने नेकपा एमाले त्यस्तोमा कारबाही गर्न आफै अग्रसर भएर अगाडि बढ्छ । हामीलाई भ्रष्टाचार जनताको शत्रु हो । भ्रष्टाचार इमानको शत्रु हो । मानिसको नैतिकता, इमानबाट च्यूत हुन्छ, पार्थिव हिसाबले सास फेरिरहेको होला । नेकपा एमाले आत्म मरेका बेइमानहरुको पार्टी होइन । कोही कतै दोषी हुन्छ भने आफै अग्रसर भएर पनि कारबाही गर्छौं । मिडियाको प्रयोग गरेर करकाप गरेर मानिसलाई नाम उच्चारण गर्न लगाएर नेकपा एमालेलाई मुछ्न खोजिन्छ भने एमालेलाई सह्य हुँदैन् ।’

अध्यक्ष ओलीले एमालेको गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीमा पुग्नु रहेको पनि बताउनु भयो । पाँच हजार जनसंगठनको नेता, ६ हजारको संख्यामा नेता छौं । नेता भन्ने कार्यकर्ता हो भन्ने बुझनुपर्छ । पदले नेता होइन्, कामले नेता हो । क्षमता बृद्धिले नेता हुने हो । भोटा खटाएको भरमा नेता होइन । पदका हिसाबले नेता भएका छौं । तर, क्षमताका हिसाबले नेता भएका छौं कि छैनौं । पदका हिसाबले क्षमताको विकास गर्नुपर्छ । बुद्धिजीवि । जागिर खान काम लाग्छ, समाजलाई डोराउन काम लाग्दैन सर्टिफिकेट, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले एमालेका जनसंगठन नमुना बनेर देखाउनुपर्ने बताउनु भयो । ‘अरु भन्दा हामी फरक हुनुपर्छ । काम क्षमता, आचरण, बानी व्यवहारले । नेता साथीहरुको । हाम्रो विचार प्रणालीबाट प्रशिक्षित र प्रद्धिप्त भएका साथीहरु आफूलाई क्रियाशील राख्नुपर्छ । र, परिणाममा देखाउनुपर्छ । दशै दिशाबाट ज्यानलेवा हमला, ज्यानलिने गरी चौतर्फी हमला । मजबुतीका साथ पार्टीलाई पुनजीर्वित गरेका छौं,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले अहिले एमाले पिलो निचारिएको जस्तो भएको र पार्टीलाई शुद्धीकरण गर्ने ठूलो मौका पाएको बताउनु भयो ।

अध्यक्ष ओलीले अहिले मुलुक निकै ठूलो अप्ठ्यारोमा रहेको तथ्य पनि राख्नुभयो । ‘नेपाली समाज अप्ठेरो अबस्थाबाट गुज्रिएको । राजनीतिक, आर्थिक र सामाजिक हिसाबले अप्ठेरो हिसाबले । राजनीतिमा अस्थिरता,अन्यौल र अविश्वास । तरंग र अराजकताको स्थिति छ । मान्छेले राजनीति भन्न छाडेको छ । लोकतान्त्रिक विधिबाट भन्दा मुढेबलबाट अधिकार, अशान्ति मच्चाएर, ढुंगा हानेर हाम्रो असहमति देखाउने शैली, भाषा, अमर्यादित भाषा घटिया भाषा प्रयोग गर्ने काम भएको छ । संवैधानिक परिषदमा ७७ बर्षका व्यक्ति हुन कुन कानुनले दिन्छ ? अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले अहिलेकै अवस्थामा मुलुक अघि बढे अत्यन्तै दुर्भाग्य हुने बताउनु भयो । ‘यस्तै हुन दिने हो भने देश चल्ने अबस्था छैन् । नेपाली जनताले यो कुरा बुझेर बैकल्पिक व्यवस्था गर्नुपरेन् । देश नचल्ने अवस्थामा जान रोक्नपर्छ । त्यसका लागि गन्तव्यतर्फ स्पष्ट भएको जनमत । स्पष्ट र सुदृढ जनमत । वैचारिक ढंगले स्पष्ट, प्रतिबद्ध जनमत । चुनावको दिन अर्कोथोक हुन एमाले र संगठनको कुनै काम छैन् । हामीले सक्रिय जनमत तयार गर्नुपर्यो, जो दशका लागि लड्न र बनाउनका तयार जनमत । विभिन्न पेशा र विभिन्न पेशा, व्यवसाय र समुदायमा रहेका एमालेका संगठनमार्फत जनमत तयार गर्नुपर्छ । यसैगरी जाने हो भने त्यो भन्दा ठूलो दुर्भाग्य हुन्छ,’ अध्यक्ष ओलीको भनाई थियो ।