जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार ०९:३४

प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्या प्रयास


संखुवासभा, जेठ १२ । संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन्।

खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका छन ।

सभापोखरी १ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन्। दर्नालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको प्रहरीको भनाई छ ।

स्थानीयका अनुसार गए राती मृतक २१ वर्षीया दर्नालको डेरामा दुबै जना सँगै बसेका थिए। बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।