जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार १७:५५

सुदूरपश्चिमबाट लागूऔषधसहित तीन जना पक्राउ


धनगढी, १२ जेठ । कञ्चनपुरको भीमदत्त र कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ खर्गौलाबाट लागूऔषधसहित जानकी गाउँपालिका–४ जानकी नगरका २१ वर्षीय दिपेश चन्द पक्राउ परेका छन् । उनी ५ ग्राम लागुऔषधसहित विहिबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बादीलाई रेक्सोजेसिक एक सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन एक सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।