जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १७:३९

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ


कञ्चनपुर, १४ जेठ । कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

६ ग्राम ९२ मिलिग्राम लागूऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना गएराती पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।