जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १६:५७

नीतिगत र प्रणालीगत सुधार गरेर अर्थतन्त्रलाई लयमा फर्काइने छ : अर्थमन्त्री


काठमाडौं, जेठ १५ । अर्थमन्त्री प्रकाशशरण महतले नीतिगत र प्रणालीगत सुधार गरेर संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने सरकारको योजना रहेको बताउनु भएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो ।

‘अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने छ,’ अर्थमन्त्री महतले भन्नुभयो, ‘सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धिमुलक बनाउने योजना बनाएको छु ।’