जनता टाइम्स

१६ जेष्ठ २०८०, मंगलवार ०८:०५

क्यानेडियन डलर ९८ रूपैयाँ नाघ्यो,यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


काठमाडौ, जेष्ठ १६ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ३५ पैसा र बिक्री दर १४१ रूपैयाँ ९९ पैसामा किनबेच हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा तथा क्यानेडियन १ को खरिददर ९७ र बिकी दर ९८.४४ रहने छ । यता, क्यानेडियन १ को खरिददर ९७ र बिकी दर ९८.४४ मा काराेबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहने छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७८ रुपैयाँमा किनबेच हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १२.१७ रुपैयाँ छ भने बिक्री दर १२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।