जनता टाइम्स

१६ जेष्ठ २०८०, मंगलवार ११:०६

पत्रकार महेश्वर अधिकारी बेपत्ता


काठमाडौँ, जेठ १६ । काठमाडौंमा कार्यक्षेत्र बनाएर काम गर्दै आउनु भएका बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन हुनुभएको छ ।

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसेबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन हुनुभएको हो ।

अधिकारी सम्पर्कबिहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । शुक्रबार बिहान घरबाट कार्यलय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।

उनले प्रयोग गर्ने मोबाइलसमेत अफ रहेको छ । सम्पर्कविहीन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै खोजबिन गरेको थियो । तर, अधिकारीलाई फेलापार्न सकिएको छैन ।