जनता टाइम्स

१६ जेष्ठ २०८०, मंगलवार १७:०१

भ्रमणअगावै नागरिकता बिद्येयक प्रमाणिकरण हुनुपर्ने भारतको सर्त : प्रधानमन्त्रीबाट राष्ट्रपतिमाथि चर्काे दवाव


काठमाडौं, जेठ १६ । भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको नयाँदिल्ली भ्रमण अगावै बिवादास्पद नागरिकता बिद्येयक प्रमाणिकरण हुनुपर्ने सर्त राखेको रहष्य खुलेको छ ।

प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरुले तात्कालिन राष्ट्रपति बिद्यादेदी भण्डारीले निष्कृय बनाउनु भएको बिवादास्पद नागरिकता सम्बन्धी बिद्येयकलाई भारत भ्रमण अगावै प्रमाणिकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई दवाव दिएसँगै यो तथ्य उजागर भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाललाई भारतीय संस्थापन पक्षले भ्रमणअघि नै नागरिकता बिद्येयक प्रमाणिकरण हुनुपर्ने सर्त राखेको जानकारी प्रधानमन्त्री दाहालले गठबन्धन दलका नेताहरुलाई गराउनु भएको छ । राष्ट्रपति पौडेलले बिद्येयक अध्ययन भन्दै अघिल्लो संसदको पालामा पठाएर प्रमाणिकरण नभई खारेज भएको पुरानै बिद्येयकमाथि अध्ययन थाल्नुभएको छ ।

बरिष्ठ अधिबक्ता टीकाराम भट्टराईले पनि यो सूचना पाएको तथ्यलाई उजागर गर्दै खवरदारीका लागि अपिल गर्नुभएको छ । बरिष्ठ अधिबक्ता भट्टराईले सूचना जानकारीमा आएसँगै लेख्नुभएको छ, ‘अव जनताको केही नलाग्ला जस्तो छ, नागरिकता बिद्येयक बलजफ्ती प्रमाणिकरण नगराई भारत भ्रमण नहोला जस्तो भयो रे । जागरुक बनौं ।’

प्रधानमन्त्री दाहाल बुधवार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको छ ।