जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १३:५१

नागरिकता बिद्येयक प्रमाणिकरणबारे रवि लामिछाने : राष्ट्रपति पदको गरिमा र राष्ट्रहितबिरुद्ध छ


काठमाडौं, जेठ १७ । राष्ट्रिय स्व्तन्त्र पार्टीका सभापति रावि लामिछानेले मृत अवस्थामा रहेको बिद्येयक प्रमाणिकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर गल्ती गरेको बताउनु भएको छ ।

राष्ट्रपति पौडेलले भारतको चाहनाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गर्नुअगावै आज बिवादास्पद नागरिकता बिद्येयक प्रमाणिकरण गरेपछि लामिछानेले यस्तो बताउनु भएको हो ।

लामिछानेले यो काम राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको पनि बताउनु भएको छ ।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ,’ लामिछानेले भन्नुभएको छ ।