जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १७:३९

माओवादीमा पहिरो, जनसाँस्कृतिक महासंघका बरिष्ठ उपाध्यक्ष-महासचिव र कोषाध्यक्षसहित ७५ जना नेता एमाले प्रवेश (सूचीसहित)


काठमाडौं, जेठ १७ । नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघमा पहिरो गएको छ ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर कम्युनिष्ट आन्दोलन बिरोधी गतिबिधि र भारतभक्ति देखाएको भन्दै जनसाँस्कृतिक महासंघका बरिष्ठ उपाध्यक्ष जीवन थापा, (क्षितिज) र महासचिव कृष्णजीत राईको नेतृत्वका केन्द्रीय कमिटीका ३२ जना नेताहरुसहित ७५ जना कलाकारहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले भातृ संगठन राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालले आज आयोजना गरेको बिशेष कार्यक्रममा उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरुले एमालेमा स्वागत गर्नुभयो । यस्तै महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले महासंघमा स्वागत गर्नुभएको छ ।

माओवादी छाडेर एमाले प्रवेश गर्नेहरुमा कोषाध्यक्ष सविन न्यौपाने, कोशी प्रदेश अध्यक्ष ज्ञानेन्द्र कोइराला, मधेश प्रदेश अध्यक्ष मुनराज दिवना, बागमति प्रदेश अध्यक्ष केदार केसी, कर्णाली प्रदेश अध्यक्ष गणेश उपाध्यायसहित ३२ जना केन्द्रीय कमिटीका सदस्य हुनुहुन्छ । कार्यक्रममा ७५ जना कलाकार एमाले प्रवेश गर्नुभएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।