जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार १७:२१

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले उठाएनन भारतीय संसदको आपत्तिजनक नक्सा र इपिजी प्रतिवेदनको बिषय


नयाँदिल्ली, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको बिषयको उठानसमेन नगरेको तथ्य खुलेको छ ।

सीमालगायत दुई देशबीचको समस्या समाधानका लागि गठन भई तयार पारिएको प्रतिवेदन बुझेर समस्या समाधानको बिषयमा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको बार्तामा बिषय नै नउठाएको तथ्य भारतीय बिदेश सचिवले नै खोलेका हुन ।

बैठकपछि भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले ईपीजीको प्रतिवेदनको बिषयमा कुनै चर्चा नभएको बताउनु भयो ।प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले व्यक्तिगत स्तरमा र त्यसपछि द्विपक्षीय प्रतिनिधिमण्डलबीच भएको बैठकमा यो विषय नउठेको बताउनु भयो ।

प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनपछि विदेश सचिव क्वात्राले पत्रकार सम्मेलन गर्नुभएको हो । सम्मेलनमा पत्रकारको प्रश्नमा क्वत्राले भन्नुभयो, ‘मेरो जानकारीमा भएअनुसार अग्निपथमा गोर्खा भर्ती, ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा कुरा भएन ।’

क्वात्राले भारतको संसदमा भर्खरै राखिएको ‘अखण्ड भारत’को मुरालको बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा छलफल नभएको खुलासा गर्नुभयो ।