जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार ०९:२२

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन


वासिङटन डिसी, जेठ १९ । ; अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार स्टजमै लडनुभएको छ । अमेरिकाको कोलोराडो प्रान्तमा रहेको युएस एयर फोर्स एकेडेमीको स्नातक दिवस समारोहमा राष्ट्रपति वाइडेन स्टेजमा धरमराएर लडनु भएको हो ।

मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उहाँको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडनुभएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन लडेको देखेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उहाँलाई उभिन मद्दत गरे ।

त्यसपछि उहाँ बिना कुनै सहयोग आफ्नो सिटमा पुगेर पछि आफ्नो कारतर्फ दौडिएर जानुभयो । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले अमेरिकी राष्ट्रपति पूर्णतया स्वस्थ रहेको बताउनु भएको छ ।

८० वर्षीय अमेरिकी राष्ट्रपति बाइडेन सार्वजनिक स्थानमा लडेका यो पहिलो पटक भने होइन। उहाँ यसअघि पनि साइकलबाट लडनु भएको थियो । उहाँ यसअघि एक पटक एयर फोर्स वनको भर्याङबाट लडनु भएको थियो ।

बाइडेनका आलोचकहरूले उहाँको बढ्दो उमेरका कारण आफ्नो क्षमताको बारेमा निरन्तर आशंकाहरू उब्जाइ रहेका छन । बाइडेनले भने फेरि पनि चुनाव लड्ने घोषणा गर्नुभएको छ । यसपटक उहाँले चुनाव जिते भने ८२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपतिको सपथ लिनुहुनेछ । बीबीसी