जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार १६:४१

डोटीमा शंकास्पद वस्तु फेला


डोटी, १९ जेठ । डोटीमा शंकास्पद वस्तु फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण कार्य भइरहेको अवस्थामा भित्ता साइडको माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो ।

पुरानो खिया लागेको शंकास्पद वस्तु तारसहितको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । सो स्थानलाई प्रहरीले सुरक्षित राखेर आवश्यक जाँचबुझका लागि नेपाली सेनाको प्राविधिक टोलीसँग जिल्ला प्रहरी कार्यालय डोटीले समन्वय गरिरहेको छ ।