जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार १७:५६

कञ्चनपुरमा एक बालकको मृत्यु


कञ्चनपुर, १९ जेठ । कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी) को मृत्यु भएको हो ।

आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बैयल गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको छ ।