जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १७:०८

एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने


काठमाडौं,भदौ १३
सार्क चेम्बर महिला उद्यमी परिषद नेपाल (एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्य सहितवर्माको याङ्गनतर्फ भदौ १३ गते प्रस्थान गरेको छ। वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोली वर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो ।

सो टोलीले याङ्गनको पाइनओ ओलीनशहरमा अवस्थीत नेपाली दुताबासको प्राङ्गणमा भदौ १४ देखि १६ गते सम्म नेपालका विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको
छ ।
सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री , महिलाहरुले प्रयागगर्ने पोते , किलीप , चुरा , कुशन कभर , दौरा सुरुवाल , साडी र चोली , मखमलीचप्पल , बिभिन्न प्रकारका हातलेनिर्माण गरेको हाते झोलाहरु , गाग्री , खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिने भएकोछ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ ।

सो सार्क चेम्बर महिलाउद्यमी परिषद (एस्सिडब्लुइसी ) नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रि मातहतको एकअंगहो जसको मुख्य उद्देश्य सार्क मुलुकहरुको महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ । बिगत दश बर्ष देखि यो संस्थाले महिला उद्यमीहरुको हितकालगी बिभिन्न कदमहरु चाल्दै आएको छ ।