बाजुरा, २० जेठ । बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाईवस्तुलाई घाँस काट्न गएका बेला आज बिहान रुखबाट खसेर एक युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडासदस्य लोकेन्द्र रोकायाले बताउनुभयो ।
रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला आज विहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्