जनता टाइम्स

२० जेष्ठ २०८०, शनिबार १८:५५

तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका शेर लाई


मुगु, २० जेठ । तश्रो रारा ट्रेल रनको उपाधि जुम्लाको हिमा गाउपालिका–६ पातरखोलाका शेरबहादुर अधिकारीले हात पार्नुभएको छ । अधिकारीले रारा ताल वरिपरी १६ किलो मिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी प्रथम उपाधी हात पार्नुभएको हो । प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउपालिका–३ का शेरबहादुर बुढाले १ घण्टा १२ सेकेन्डमा पार गरी द्रोस्रो र तेस्रो उपाधी जुम्लाकै पातारासी गाउँपालिका–५ का दिपेन्द्र बोहोराले हात पार्नुभएको छ ।

बोहोराले १ घण्टा १ मिनेट २१ सेकेन्डमा पार गरेको श्री दल गुल्मले जानकारी दिएको छ । त्यसैगरी महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधी हात पार्नुभयो । रावलले १ घण्टा १३ मिनेट ५२ सेकेन्डमा उहाँले पार गर्नुभएको थियो । यस्तै दोश्रो स्थानमा जुम्लाकै तिला गाउँपालिक–९ की अनिता बुढा रहनुभएको छ ।

उहाँले १ घण्टा १४ मिनेट २१ सेकेन्डमा लगाइने तेश्रो स्थानमा जुम्लाकै पातारासी गाउँपालिका–२ की समिता बुढाले १ घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गर्नुभएको थियो । बिजेता पुरुष तथा महिला खेलाडीलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ४० हजार ३० हजार २० हजार रुपैयाँ रकम पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा २ सय २२ जना सहभागी मध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधी सबै जुम्ला जिल्लाका खेलाडीले हात पार्नुभएको छ ।