जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १९:०८

विशेष अभियान सञ्चालन गर्दै नेकपा, तयारी अवस्थामा रहन नेता–कार्यकर्तालाई निर्देशन(अपानिसहित)


काठमाडौं, भदौ १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको सन्दर्भमा सचिवालयले हालसम्म गरेको निर्णयसहित १७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको निर्णयका आधारमा आज अन्तर पार्टी निर्देशन जारी गर्नुभएको हो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको क्रममा सिंगापुरमा रहनुभएकोले अध्यक्ष प्रचण्डले अपानिमा हस्ताक्षर गरी पठाइएको हो । अध्यक्ष ओलीले यसअघिको सचिवालय बैठकमै आफू उपचारको क्रममा रहँदा बैठक राखी पार्टी एकताको बाँकी काम सकाउन प्रस्ताव गरेपछि अध्यक्ष प्रचण्डले गत जेठ २ गतेदेखि भदौ ५ गतेसम्म सचिवालयले गरेको निर्णयका आधारमा अन्तरपार्टी निर्देशन–२ जारी गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी शुक्रबार जारी गरिएको निर्देशनमा विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने सहितका कार्यक्रमहरू छन् । नेकपा नेतृत्वको भारी बहुमत बहुमतको सरकार बनेपछि सरकारलाई सहयोग पुग्नेगरी पहिलो पटक सार्वजनिक अभियान गर्न लागेको हो । देशैभर पार्टी र अहिलेका उपलब्धि विरुद्ध विभिन्न प्रकारका समूह सक्रिय भएकाले निष्कर्षसहित नेकपाले देशका मुख्य शहरमा ठूला ठूला आमसभा गर्ने तयारी गरेको छ । सभालाई दुई अध्यक्षलगायत शीर्षनेताले सम्बोधन गर्ने तयारी समेत गरिएको छ । सोही अनुसार अपानिमार्फत नेकपाले सिंगो कार्यकर्ता पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशित गरिएको छ ।

‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ, अपानिमा भनिएको छ । अपानिमा पार्टी एकताको क्रममा नेताहरूले पाएका जिम्मेवारीका साथै आगामी कार्यक्रमसमेत उल्लेख गरिएको छ ।

अपानिमा बरियाताक्रममा झलनाथ खनाल तेस्रो र माधव नेपाल चौथो स्थानमा रहने तथा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी बैठकमा लगिने उल्लेख छ । पार्टी एकता भएको लामो समयसम्म नेकपाले एकतालाई पुर्णता दिन सकेको छैन । अव केही दिनभित्रै बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुंगो लगाएर एकतालाई पुर्णता दिने योजना बनाएको छ ।

हेर्नाेस अपानि

Nepal-Communist-Party-Apani-2-Final (1)