जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १७:५०

लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ


धनगढी, २२ जेठ । धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् । सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ परेकी हुन् ।

उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।