जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार ०६:५६

यस्तो छ एमाले कन्द्रीय सदस्यको नयाँ जिम्मेवारी ? अपानिसहित


काठमाडौं, जेठ २४ । नेकपा एमाले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नयाँ ढंगले कार्यबिभाजन गरेको छ ।

सचिवालय बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै केन्द्रीय सदस्यहरुको कार्यबिभाजनबारे जानकारी दिनुभएको हो ।

बैठकले जिल्ला इञ्चार्ज फरक जिल्लाका नेतालाई दिएको छ । कार्यविभाजनसहितको अन्तर पार्टी निर्देशन जारी गरेको छ । यो पटक एमालेले फरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी दिएको छ । अन्तर पार्टी निर्देशन अनुसार एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन् ।

सचिवहरूलाई प्रदेशको इन्चार्ज तोकिएको छ भने स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन । सचिव टोपबहादुर रायमाझीलार्ई जिम्मेवारीबाट हटाइएको छ भने स्थायी कमिटी सदस्य मणि थापालाई पनि जिम्मेवारीबाट बिदा दिइएको छ ।

कस्लाई कहाँको जिम्मेवारी ? पढनोस अपानि